२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभाको बैठक

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजेका लागि राष्ट्रियसभाको बैठक बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद्को गठन र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्वन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउने पहिलो सम्भावित कार्यसूची रहेको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्वन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत तेस्रो सम्भावित कार्यसूची रहेको छ ।

साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यबिधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरोपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेश गर्ने चौथो सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ राष्ट्रियसभा बैठकको आजको सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठकको आजको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !