२४ बैशाख २०८१, सोमबार

राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता


राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेले भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज आइतबार बेलुका राष्ट्रपति निवास शीतल निवासमा पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

पछिल्लो समय राष्ट्रपति पौडेलले संसद्को गतिरोध हटाउनको लागि विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ६० किलो सुन तस्करी सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै लगातार संसद अवरोध गर्दै आइरहेको छ ।

एमालेले गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ । यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेपछि राष्ट्रपतिले सर्वदलीय बैठकको आह्वान गरेर संसद खुलाउने पहलस्वरुप अग्रसरता देखाएका हुन् ।

राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठकको आह्वान गरेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !