१९ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी भदौ ५ गतेसम्मका स्थगित गरिएको हो ।

आज मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँस गरी आगामी भदौ ५ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकले दुई दिनपछि बैठक राख्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेकोले सभामुखले बैठक पर्सी दिउँसो बोलाएका हुन् ।

बैठकको निर्णय जानकारी दिन माओवादी प्रमुख सचेतक हितराज पाण्डे सिंहदरवारबाट नयाँ बानेश्वर आएका थिए । उनले आजको बैठक सकारात्मक भएको समेत सभामुखलाई जानकारी गराएका थिए ।

६० किलो सुन तस्करी सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।

 प्रतिनिधिसभाको बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !