१९ बैशाख २०८१, बुधबार

फेसबुकमा स्टाट्स लेखेर गुल्मीको मुसिकोटका वडाध्यक्षले गरे आत्महत्या


मोहन घिमिरे

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् । वडाध्यक्ष घिमिरेले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेका हुन् ।

बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनले शनिबार बिहान फेसबुकमा परिस्थितिको चपेटामा परेर बाच्नुको अर्थ नभएको स्टाटस लेखेका थिए ।

फेसबुक स्टाटस लेखेको साढे दुई घण्टापछि उनी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मी स्रोतले बताएको छ ।

उनले फेसबुकमा लेखेका थिए, ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ। प्रीय अनिता; साथ निभाउन सकेन। मलाई माफ गरे। घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु । अल बिदा ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !