१९ बैशाख २०८१, बुधबार

एमाले अध्यक्ष ओली र भीम रावलबीच च्यासलमा भेटवार्ता


एमाले अध्यक्ष ओली र भीम रावलबीच च्यासलमा भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेर नेता रावलले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

वर्षौं अघिदेखि नै अध्यक्ष ओलीसंग असन्तुष्ट रहँदै आएका रावलले भेटवार्ता गर्नुलाई विशेष चासोका साथ हेरिएको छ । गृहजिल्ला अछाममा पार्टी काममा फर्किएपछि रावलले आज अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

आजको भेटमा अध्यक्ष ओलीले पार्टी काममा पूर्ववत रुपमा सक्रिय रहन आग्रह गरेको बुझिएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा रावल उपाध्यक्ष पद छाडेर अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेपछि ओली र रावलबीचको सम्वन्ध बिग्रिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !