२० बैशाख २०८१, बिहिबार

सुन धेरै तस्करी हुन थाल्यो, कर तिरेर ल्याउन दियौ : सभापति देउवा


काँग्रेस संसदीय दलको बैठक शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन बढी तस्करी हुन थालेकाले कर तिरेर सुन ल्याउन दिनुपर्ने बताएका छन् ।

काँग्रेस संसदीय दलको बैठकमा आफ्ना धारणा राख्दै सभापति देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

देउवाले सुन धेरै तस्करी हुन थालेकाले राज्यले गम्भीर भएर सोचेर कर तिरेर खुला गर्ने व्यवस्था गरेमा तस्करीको बाटो रोकिने बताएको एक सांसदले जानकारी दिए ।

देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिएमा तस्करी नियन्त्रण हुने धारणा राखेका ती नेताले बताए । यता कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पष्ट पार्नुपर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !