२० बैशाख २०८१, बिहिबार

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फिर्ता


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्किएका छन् । युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई उनी आज स्वदेश फर्किएका हुन् ।

अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । आउँदो भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्किएका हुन् । उनी यही साउन २२ गते पार्टी सम्बद्व विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !