२४ बैशाख २०८१, सोमबार

देउवाले बोलाए कांग्रेस संसदीय दल समितिको बैठक


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बोलाइएको छ । काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाएका हुन् ।

आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा संसदीय दलको समितिको बैठक बस्न लागेको हो । बैठकमा सदनको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । देउवाले बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !