२४ बैशाख २०८१, सोमबार

राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूतको शिष्टाचार भेट


रामचन्द्र पौडेल र नोना डेप्रेज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली सङ्घबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली सङ्घले नेपालको विकास साझेदारका रूपमा पुर्याएको सहयोगका लागि धन्यवाद दिएको सो विज्ञप्तिमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !