२२ बैशाख २०८१, शनिबार

शीर्ष तीन नेताबीचको बार्गेनिङले संसद बैठक रोक्न पाइँदैन : रवि लामिछाने


रवि लामिछाने

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तीन राजनीतिक दलका शीर्ष नेताबीचको बार्गेनिङले संसद बैठक रोक्न नहुने बताएका छन् ।

आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लामिछानेले संसद तोकिएकै समयमा सुरु हुनुपर्ने जोडदार माग गरेका हुन् ।

लामिछानेले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न हुने गरेको भन्दै अवउपरान्त यस्तो गर्नु नहुने बताएका हुन् । उनले सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्न माग गरेका हुन् ।

उनले चाहिने नेता र सभामुख बसेर पहिल्यै मिलाउन आग्रह गरे । उनले तीनजना नेता बसेर सदन बस्नु अघि नै किन बार्गेनिङ नगरेको भन्दै प्रश्न पनि गरे । उनले केही नेता बसेर सदनलाई बन्धक बनाउन नपाइने पनि बताए ।

उनले सांसदहरु हरेक दिन कतिबेला संसद बैठक सुरु हुन्छ भनेर घडी हेरेर बसिरहनुपरेको भन्दै उक्त क्रियाकलाप रोक्न माग गरे । सदनको घण्टी बज्नुअघि जे–जे मिलाउनुपर्छ मिलाउन आग्रह गरे । उनले संसद्मा जनताको मुद्दामा छलफल हुनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !