२१ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीको सचिवालय बैठक चम्पादेवीमा


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो ।

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !