२० बैशाख २०८१, बिहिबार

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी


संवैधानिक परिषदको बैठक फाइल फोटो

काठमाडौं । संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको हो ।

सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बसेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि चार दिनपछि साउन २० गते सकिँदै छ ।

प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकोले संवैधानिक परिषद्को बैठक बोलाइएको हो । बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !