२० बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठक बस्दै नबसी २२ गतेसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित गरिएको छ । प्रतिनिधिसभाको बैठक बस्दै नबसी एक हप्तापछि २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

आज मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँस गरी आगामी साउन २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

सत्ता गठबन्धनका दलहरु र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बीच सहमति नभएपछि संसद बैठक एक साताका स्थगित गरिएको हो । एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेतापनि सत्ता गठबन्धनले भने एमालेको उक्त माग अस्वीकार गर्दै आएको छ ।

सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । उक्त बैठकमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान यथावत् राखेकोले सहमति जुट्न नसक्दा सभामुख घिमिरेले बैठक एक हप्ताका लागि स्थगित गरेका हुन् ।

सदनको अवरोध हटाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान फोन गरेका थिए ।

सभामुखले निरन्तर रुपमा संसदको बैठक चल्न नसक्दा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री प्रचण्ड र ओलीको ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जनाएको छ । पटक-पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई घिमिरेले स्मरण गराएका थिए ।

सभामुख घिमिरेले सदन अवरोध खोल्ने विषयमा सोमबार पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख घिमिरेले पटक पटक छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !