२१ बैशाख २०८१, शुक्रबार

एमालेले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने


एमालेको संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले सुन तस्करीबारे सरकारबाट जवाफ माग्ने निर्णय गरेको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सो प्रकरणसम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग गदैै उक्त विषयमा सरकारसँग जवाफ माग गर्ने भएको हो ।

एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको प्रकरणमा छानबिन र संसद्‍मा गृहमन्त्री श्रेष्ठको जवाफ माग्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै एमाले नेता रघुजी पन्तले भने, “भरियाहरुलाई मात्र होइन, त्यो कम्पनीसम्म पुग्नुपर्छ, सुन तस्करीको प्रक्रियामा संलग्नलाई कारबाही गर्नुपर्छ, दोषीलाई जनतासम्म पुर्याएर कानुनी कारबाही गर्नुपर्यो ।”

प्रतिनिधिसभाको केही समयपछि सुरु हुने बैठकमा एमालेले उक्त विषयमा जवाफ भाग्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !