२१ बैशाख २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय समितिको बैठकमा आज सभापति र महामन्त्रीद्वयले जवाफ दिने


काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जवाफ दिने भएका छन् ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकमा आज सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिने भएका हुन् ।

असार २ गतेदेखि जारी बैठकमा महामन्त्री शर्माले १० एजेण्डा र महामन्त्री थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । जारी केन्द्रिय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ ।

अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राखेपछि सभापति शेरबहादुर देउवाले आफ्ना कुरा राखेपछि बैठक सकिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !