२० बैशाख २०८१, बिहिबार

ओली कम्बोडिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई दलको नेता


केपी शर्मा ओली, ईश्वर पोखरेल र सुवास नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् भने उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओली गएराति कम्बोडिया प्रस्थान गरेका हुन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् । ओली साउन ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !