२२ बैशाख २०८१, शनिबार

७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने


नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने भएको छ । कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको हो ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले आगामी साउन २० गतेदेखि असार ३१ गते २०८१ सम्म उक्त अभियान चलाउने प्रस्ताव राखेका हुन् ।

उनका अनुसार क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ । मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !