२० बैशाख २०८१, बिहिबार

नेकपा एसको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दै छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ९ बजेदेखि बैठक आज पनि बस्ने भएको हो ।

शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। हिजो सोमबार बसेको बैठकमा ‘वर्तमान परिस्थितिमा हाम्रो कार्यभार’को विषयमा नेताहरूले आफ्नो धारणा राखेका थिए ।

बैठकमा सहभागी नेताहरुले समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर विषयबस्तु राखिरहेका छन् ।

हालसम्म बैठकमा चार नेताले आफ्नो धारणा राखेका छन् । खतिवडाका अनुसार बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवहरु गंगालाल तुलाधर र विजय पौडेलले धारणा राखेका छन् ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल भइरहेको छ ।

पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् । बैठक आज मङ्गलबारसम्म चल्ने सो पार्टीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !