२० बैशाख २०८१, बिहिबार

सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता


शेरबहादुर देउवा र डोनाल्ड लू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् ।

एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुगेका सहायक विदेशमन्त्री लूले सभापति देउवासँग उनकै निवासमा भेटवार्ता गरेका हुन् । सभापति देउवाले लूसँग नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरे । सहायक विदेशमन्त्री लूले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !