२१ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रका सबै कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाइने


नेकपा माओवादी केन्द्र

काठमाडौं । नेकपा (माआवादी केन्द्र) ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

माआवादी केन्द्रको आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आज र भोलि झण्डा आधा झुकाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए । त्यस्तै भोलि बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरेको छ ।

आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहालको शरीर श्रद्धाञ्जलीका लागि अहिले पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । गुरुङका अनुसार आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहालको अन्त्येष्टि गरिने छ ।

पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएका छन् । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भनेका छन् ।

उनले दिवङ्गत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विज्ञप्तिमा उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !