२० बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने सम्भावित पहिलो सम्भावित कार्यसूची रहेको छ ।

यस्तै ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ छलफलका लागि पेस हुने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयकमाथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !