२२ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको हो ।

जारी बैठकमा समसामयिक देशको राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल जारी रहेको एक नेताले बताए ।

सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताको बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षले हिजोबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारकारका कामकारबाहीबारे छलफल भइरहेको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !