१९ बैशाख २०८१, बुधबार

बागमती प्रदेशसभाको हिजो स्थगित भएको बैठक आज बस्दै


बागमती प्रदेशसभा

मकवानपुर । बागमती प्रदेशसभाको हिजो स्थगित भएको बैठक आज बस्दै छ । हिजो साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी आज असार १३ गते बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेकाले हिजो साँझको बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !