४ जेष्ठ २०८१, शुक्रबार

प्रतिनिधिसभामा आज पनि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा पनि विभागीय मन्त्रीहरूले सांसदले उठाएको प्रश्नको जवाफ दिँदै छन् । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको हो ।

आजको बैठकमा रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !