२४ बैशाख २०८१, सोमबार

एकीकृत समाजवादीको निष्कर्ष : यथास्थितिमा बजेट पारित गर्न नहुने


एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा बजेट पारित गर्न नहुने निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीले यथास्थितिमा बजेट स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने धारणा राखेको जानकारी दिए ।

उनले आजको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको पनि बताए । नेकपा एसले बजेट सच्याउने विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसंग छलफल गर्ने भएको हो ।

पाण्डेले सत्ता गठबन्धनका सबै नेतासँग बसेर बजेटबारे छलफल गर्न बैठकले नेपाललाई सुझाव दिएको बताए । उनले असन्तुलित भएको ठाउँमा सन्तुलित गरेर मात्रै बजेट पारित गर्न सकिने बताए ।

बजेटको विषयमा फागुन मसान्तभित्रमा सिद्धान्त र प्राथमिकताको विषयमा छलफल हुने कुरा आइरहेको बताए । १६५ निर्वाचित क्षेत्रमा निर्वाचित सबै सांसद बराबर भएको उनको भनाइ छ । पाण्डेले बजेट सच्याउने कुराले सत्ता समीकरण नफेरिने दाबीसमेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !