२१ बैशाख २०८१, शुक्रबार

१०५ परिवारलाई लालपूर्जा दिँदै भूमि मन्त्रीले भनिन्, ‘कोही भूमिहीन हुने छैन’


रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमिहीन १०५ घर परिवारलाई जग्गाधनी पूर्जा प्रदान गरेकी छन् ।

आज शनिबार एक कार्यक्रमका बीच उनले नवलपुर हुप्सेकोट गाउँपालिकामा रहेका ४९ भूमिहीन सुकुम्बासी परिवार र ६६ भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरेकी हुन् ।

पूर्जा वितरण गर्दै उनले जनताको नैसर्गिक अधिकार अन्र्तगतको बसोबासको व्यवस्था सरकारले गर्नै पर्ने भएकाले आफू जनताको बसोबासको हकका लागि पूर्जा वितरणमा सक्रिय रहेको बताइन् ।

रञ्जिता श्रेष्ठ चौधरी

भूमिहीनलाई भूमिको व्यवस्था गर्नु आफ्नो र आफ्नो पार्टी नागरिक उन्मुक्तिको प्रमुख प्राथमिकता मध्येको एक भएको उनको भनाई छ । उनले आफ्नो कार्यकालमा सकेसम्म कोही नेपाली नागरिक भूमिहीन नहोस भन्ने गरि काम गर्ने उनको प्रतिबद्धता छ ।

मन्त्री चौधरीले जनताको समग्र उत्थानकालागि बसोबासको ग्यारेण्टी र जनताका अन्य नैसर्गिक अधिकार प्रदानकालागि आफुले सम्बन्धित निकायसँग समन्वयकारी भुमिका खेल्ने समेत प्रतिबद्धता जनाइन् ।

भूमिहीनलाई भूमिको व्यवस्था गर्न आफुले देशव्यापी अभियान चालेकाले सबै क्षेत्रमा क्रमबद्धरुपमा पूर्जा वितरण गरिने भन्दै उनले सबै भूमिहीनले धैय भएर आफ्नो अभियानमा साथ दिन आग्रह समेत गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु