२१ बैशाख २०८१, शुक्रबार

हरिकृष्णको नाम सर्वसम्मत अनुमोदन, प्रधानन्यायाधीश हुने बाटो खुल्यो


संसदीय सुनुवाइ समितिको बैठक

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ । उक्त समितिले दुई दिनको लगातार सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेसंगै प्रधानन्यायाधीश हुने बाटो खुलेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्न उत्तर भएको थियो । आज शुक्रबार बसेको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग संसदीय सुनुवाइ समितिका सदस्यहरूले सवाल जवाफ गरेका थिए ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीले हिजो आफ्नो कार्ययोजना पेस गरेका थिए । हिजोको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका थिए ।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । ६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !