२१ बैशाख २०८१, शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरूको सवाल-जवाफ


संसदीय सुनुवाइ समितिको बैठक

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज सांसदहरूले सवालजवाफ गर्ने भएका छन् ।

आज शुक्रबार बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग संसदीय सुनुवाइ समितिका सदस्यहरूले सवाल जवाफ गर्ने भएका हुन् । प्रस्तावित प्रधानन्यायाधीश कार्कीले हिजो आफ्नो कार्ययोजना पेस गरेका थिए ।

हिजोको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका छन् । हिजो कार्कीले समितिमा आफ्नो कार्ययोजना पेस गरेपछि बैठक आज शुक्रबार बिहान ८ बजे बस्नेगरी सकिएको थियो ।

कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्ययोजनाबारे सवालजवाफ भएपछि कार्कीको नाम समितिले आज अनुमोदन गर्ने तयारी गरेको छ । गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ । समितिले जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गरेको थियो । ६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !