१८ बैशाख २०८१, मंगलबार

हिजो स्थगित गरिएको राष्ट्रियसभाको बैठक आज बस्दै


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । हिजो बस्ने तय भएको राष्ट्रियसभाको बैठक स्थगित गरिएर आज बिहानका लागि सारिएको थियो ।

हिजो बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश आज बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । हिजो बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो ।

साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !