१८ बैशाख २०८१, मंगलबार

आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो


राष्ट्रियसभाको बैठक

काठमाडौँ । राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ । आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।

यस्तो छ संसद सचिवालयले निकालेको सूचना

यस्तो छ संसद सचिवालयले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !