१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित


एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध

काठमाडौँ । प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक एक घण्टाको लागि स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित अन्य प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोध गरेपछि अहिले बैठक अवरुद्ध भएको हो ।

प्रतिपक्षी दलहरूले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसद अवरोध गरेका गरेका हुन् ।

एमालेले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा बन्दरगाहसँग नेपाली भूमि साट्ने काम गरेको विरोधमा आइतबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।

बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् । एमालेको उक्त अडानलाई राप्रपा र रास्वपाका सांसदले उठेर समर्थन गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिपक्षी दलहरुद्वारा प्रतिनिधिसभाको बैठक अवरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !