१४ बैशाख २०८१, शुक्रबार

नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम राष्ट्रहितविरुद्ध छ : रवि लामिछाने


रवि लामिछाने फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरुद्ध भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सामाजिक संजाल फेसबुकमा आज दिउँसो लेख्दै लामिछानेको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

उनले नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, लोकतान्त्रिक संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध भएको स्पष्ट पारेका हुन् ।

लामिछानेले नयाँ जनादेशबाट संसद् बनिसक्दा विधेयक संसद्मा छलफल आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जाने दिनै राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै दिन राष्ट्रपतिले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रिक संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !