२३ बैशाख २०८१, आइतबार

भारत भ्रमणको लागि प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा


प्रचण्ड एयरपोर्टमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको लागि त्रिभुवन विमानस्थलमा पुगेका छन् । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आज त्रिभुवन विमानस्थलमा पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड केही समयपछि भारत प्रस्थान गर्दै छन् ।

प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी भएका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री दाहालले भोलि जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

उनले जेठ २० गते काठमाडौँ फर्कनुअघि मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका रुपमा दाहालको यो चौथो भारत भ्रमण हो ।

यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो औपचारिक भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !