२२ बैशाख २०८१, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिएसँगै आठ जनाको सकियो


बालकृष्ण खाँण र टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन जना अभियुक्तहरुको बयान लिएको छ । काठमाडौं जिल्ला अदालतको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज तीन जनाको बयान लिएसँगै यसअघि पाँच जनाको बयान लिइसकेकोले अहिलेसम्म आठ जनाको बयान सकिएको हो ।

आज मंगलबार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान लिइ सकिएको हो । यसअघि आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान लिइएको थियो भने गत शुक्रबार केशवप्रसाद दुलाल र सागर राईको बयान लिइएको थियो ।

अदालत स्रोतका अनुसार यो हप्तामा अव बाँकी रहेका ९ जना अभियुक्तकै बयान सकिने तयारी गरिएको छ । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियोे । सो प्रकरणमा १७ जना अभियुक्त प्रकाउ परिसकेका छन् । अझै १३ जना अभियुक्त फरार छन ।

फरार अभियुक्तविरूद्द पनि अदालतमा मुद्दा दर्ता गरिएको छ । उनीविरुद्ध ठगी, राज्यविरुद्ध कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको हो ।

अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !