१४ बैशाख २०८१, शुक्रबार

आज संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै


देवराज घिमिरे

काठमाडौँ । आज संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै छ । संघीय संसद् सचिवालय, सिंहदरबारमा आज बिहान ८ बजे संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्न लागेको हो ।

आज बस्ने पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुने बताइएको छ । संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएसंगै अव सभापति चयनको प्रक्रिया अघि बढ्ने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगिएपछि आइतबार समितिले पूर्णता पाएको थियो । राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा प्रस्ताव गरेका नाम सभाले अनुमाेदन गरेकाे थियो ।

गत सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भएपनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसकेका छन् । १५ सदस्यीय संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएसंगै प्रधानन्यायाधीशको सुनुवाइको बाटो खुलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !