१४ बैशाख २०८१, शुक्रबार

संसदको संयुक्त बैठक सुरु, अर्थमन्त्री महतले बजेट प्रस्तुत गर्दै


प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । गठबन्धन सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्न लागेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले केही बेरपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ १३ गते शनिबार प्रतिनिधिसभाबाट पारित भएको थियो भने उक्त नीति तथा कार्यक्रम जेठ ९ गते मंगलबार राष्ट्रियसभाबाट बहुमतले पारित भएको थियो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ ।

संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !