काठमाडौं । अन्तत: रेशम चौधरी रिहा भएका छन् । टिकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी डिल्लीबजार कारागारबाट आज छुटेका हुन् ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हिजो आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् । राष्ट्रपति पौडेलले हिजो चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले हिजो सो निर्णय गरेका थिए । हिजै सरकारले चौधरीलाई आममाफी दिन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।
यता सरकारले चौधरीलाई आममाफी दिन राष्ट्रपति पौडेलसमक्ष गरेको सिफारिसविरुद्ध टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) सर्वोच्च अदालत पुगेकी छन् ।
टीकापुर घटनाका तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई आममाफी दिने तयारीविरुद्ध शारदाले सर्वोच्च रिट दायर गरेकी हुन् । उक्त रिट दर्ताका लागि अध्ययन भइरहेको भनेर सर्वोच्च अदालत प्रशाशनले हिजो समय नपुगेको भनेर दर्ता गरेन ।
यो पनि पढ्नुहोस्
राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी
रेशमलाई आममाफी दिने सरकारको तयारीविरुद्ध इन्सपेक्टर पत्नी शारदा सर्वोच्चमा
रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस
राष्ट्रपतिद्वारा रेशम चौधरीले आम माफीका लागि पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता