२१ बैशाख २०८१, शुक्रबार

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले : पर्यटनमन्त्री किराती


सुदन किराती फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज बिहानै लेख्दै मन्त्री किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थालेको बताउँदै आखिरी आफू मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिने भएकोले आफूलाई घुस लिएको प्रमाणित गरेमा आफू एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।

पशुपति विकास कोषको जग्गा अपचलन भएकाे भन्दै टिप्पणी भएपछि सोलाई लक्षित गर्दै उनले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् ।

उनले लेखेका छन्, “मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५०० को कात्रो र पाँच फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !