२० बैशाख २०८१, बिहिबार

राष्ट्रियसभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रपतिबाट आज भएको सम्बोधनका लागि सांसद गोपीबहादुर सार्की अछामीले धन्यवादको प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए ।

बैठकको अन्त्यमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि यही जेठ ७ देखि ९ गतेसम्म छलफल हुने र ९ गते नै प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रमसमेत रहेको व्यहोरा सदनलाई जानकारी गराए ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !