१९ बैशाख २०८१, बुधबार

विपद्को मुख्य कारण डोजरे विकास संस्कृति हो : मन्त्री श्रेष्ठ


गंगानारायण श्रेष्ठ

चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले विपद्को मुख्य कारण प्रकृतिलाई घाउ लगाएर डाेजरे संस्कृतिकाे विकास गर्नु नै मुख्य कारण रहेकाे बताएका छन् ।

आज चितवनकाे नारायणी तिरमा आयाेजना गरिएकाे जल उद्दार संयुक्त अभ्यास कार्यक्रममा बाेल्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तीनै तहकाे सरकारले वातावरण मैत्री विकासकाे बारेमा गम्भीरतापूर्वक साेच्न नसक्दा बिपद्काे सामना गर्न परेकाे बताए ।

मन्त्री श्रेष्ठले असिमित आवश्यकताहरुलाई सम्बाेधन र समाधान गर्ने क्रममा जथाभावी भाैतिक पूर्वाधार निर्माण गरिनु नै विपद्को प्रमुख कारक बन्न गएकाे बताए । मन्त्री श्रेष्ठले जनताकाे सबैभन्दा नजिक रहेकाे स्थानीय सरकारका प्रतिनिधिहरुकाे विकासकाे संस्कृति निर्माण गर्नेतर्फ ध्यान दिन जरुरी रहेकाे बताए ।

“भाैगर्भिक अध्ययन नगरि जथाभावी वस्ती विकास गरिरहेका छाैँ जसले मानव जीवन जाेखिममा पर्ने देखि विकास नै धेरै महङ्गाे पर्न गएकाे छ, एकातिर प्राकृतिक विनास हुने र अर्काेतिर एकिकृत वस्ति विकासकाे याेजना बिना विकास गर्न खाेज्दा अनेक प्रकारका बिपद् निम्त्याइरहेकाे र दाेहाेररिरहने प्रति सचेत रहदै सबैले नीतिगत रुपमा नै साेच्नुपर्ने बेला भएकाे छ” मन्त्री श्रेष्ठले भने ।

नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी लगायतका सुरक्षाा निकाय र प्रशासनिक संरचनामा रहेकाहरुलाई नीति निर्माण गर्दै गर्दा समन्वय र परिचालन गर्न जरुरी रहेकाे मन्त्री श्रेष्ठले बताए । नीति निर्माणमा भाेटकाे राजनैतिक साेचले काम गर्दा प्रकृतिकाे विनाश बढ्दै जानेतर्फ सचेत गराउँदै र वडा स्तरमा विपद् स्वयमसेवकहरु तयार गरि समुदायस्तरमा विपद् सम्वन्धी जनचेतना अभियान संचालन गर्नुपर्ने समेत मन्त्री श्रष्ठले बताए ।

गंगानारायण श्रेष्ठ

मन्त्री श्रेष्ठले प्रविधिमा जाेड दिएर वातावरण र पर्यावरण मैत्री संस्कृतिकाे निर्माण गर्नुका साथै संरचनात्मक तयारी, दक्ष जनशक्ति निर्माण, उद्दार र राहत सामग्रीकाे भण्डारण, जाेखिमयुक्त पालिकामा मनसुन पूर्व नै आर्थिक सहयाेग गरि जनतालाई खतराकाे सूचना दिनेलगायतका कार्य गर्न सके बिपदबाट बच्न सकिने र क्षति न्यूनिकरण हुँदै जाने सक्ने बताए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट र रेडक्रसकले जल उद्दार संयुक्त अभ्यासका नक्कल प्रदर्शनी गर्नुका साथै विपद्सँग सम्वन्धित सामग्री र उपकरणकाे जानकारी गराएका थिए । कार्यक्रममा सहभागी संघ संस्थाहरुलाई मन्त्री श्रेष्ठले कदर पत्र प्रदान गरेका थिए ।

मन्त्रालयका सचिव ध्रुव गैँडाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली सेनाका बाहिनीपति हाेमनाथ दवाडी, चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेल, बागमती प्रदेश प्रहरीका कार्यालय प्रमुख किरण राणा, सशस्त्र प्रहरी बलका बाहिनीपति लक्षमण बहादुर सि‌ह, मन्त्रालयका उपसचिव दिपक न्याैपानेलगायतकाे आतिथ्यता रहेकाे थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !