१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद बैठकअघि भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र देवराज घिमिरे फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको हो ।

आज बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यद्यपि ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने पहिलो कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल-जवाफ हुने भएको हो ।

यस्तै आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !