१२ श्रावण २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने


संसदमा राष्ट्रिय गीत गाउँदै सांसदहरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने पहिलो कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक आज बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल-जवाफ हुने भएको हो । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउने भएका छन् ।

यस्तै आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !