२० बैशाख २०८१, बिहिबार

खाँण, रायमाझीसहित पक्राउ परेका १४ जना थप ३ दिन हिरासतमा रहने


बालकृष्ण खाँण र टोपबहादुर रायमाझी

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपिएको हो ।

भुटानी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । संगठित अपराधमा पक्राउ परेको ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने समयसीमा रहेको छ ।

सो प्रकरणमा हालसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ । पछिल्लो पटक प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग मात्रै अब बयान लिन बाँकी रहेको छ ।

उक्त प्रकरणका आरोपित तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा र बादलकै तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राईलाई यसअघि नै पक्राउ पुर्जी जारी भइसकेपनि अझसम्म फरार रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !