१९ बैशाख २०८१, बुधबार

राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै


राप्रपाको केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । राप्रपाको केन्द्रीय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल भएको छ ।

राप्रपाले आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण निर्णय गर्ने भएको छ । केन्द्रीय सदस्यहरूबाट आएका सुझावका आधारमा आज आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण निर्णय गर्ने राप्रपाले जनाएको छ ।

सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ आज दिनेछन् ।

अध्यक्ष लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले सङ्गठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ दिने छन् ।

हिजोको बैठक ९ घन्टासम्म चलेको थियो भने सबै केन्द्रीय सदस्यहरूले ३–३ मिनेटमा आफ्नो धारणा राखेका थिए । राजसंस्था, हिन्दुराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नु पर्नेलागयत सुझाव दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !