२२ बैशाख २०८१, शनिबार

सरकारको निर्णय : तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने


तिलगंगा आँखा प्रतिष्ठान

काठमाडौँ । सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !