२४ बैशाख २०८१, सोमबार

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु


एमालेको स्थायी कमिटी बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित एमाले मुख्यालयमा एमालेको स्थायी कमिटी बैठक सुरु भएको हो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले हिजो दिउँसो ३ बजे बस्ने भनिएको बैठक आज बिहानका लागि सारिएको जानकारी दिए ।

केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !