२३ बैशाख २०८१, आइतबार

खाण पक्राउ परेपछि देउवाले बोलाए पार्टीका शीर्ष नेताहरुको बैठक


शेरबहादुर देउवा बिराटनगरमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका काँग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि सभापति देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफलको बैठक बोलाएका हुन् ।

देउवाले आजै बुधबार साँझ ५ बजे धुम्बाराहीस्थित निवासमै नेताहरुलाई बोलाएका हुन् । आफ्ना दाहिने हात जस्तै रहेका खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि देउवाले बोलाएको बैठकलाई चासोका साथ हेरिएको छ ।

छलफलको विषय सार्वजनिक नगरिएपनि खाँण पक्राउ परेको विषयमा पनि छलफल हुन सक्ने देउवानिकट स्रोतको भनाइ छ । आज विहान मात्र देउवाले तरुण दलका वर्तमान र पूर्व अध्यक्षलाई बोलाएर छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !