२१ बैशाख २०८१, शुक्रबार

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै


एमालेको सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसाे २ बजे बस्ने एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

आजको बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ । आज बस्ने केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समितिको छलफलको एजेन्डा तय गर्ने छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएका बेला एमालेको सचिवालय बैठक बस्न लागेको हो । पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझीलाई प्रहरीले खोजिरहेको छ ।

एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ गतेदेखि सुरु हुँदैछ । वैशाख २८, २९ र ३० गते काठमाडौंमा एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नुपर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !