२० बैशाख २०८१, बिहिबार

नवनियुक्त महिलामन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ


सुरेन्द्रराज आचार्य

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले शपथ लिएका छन् । नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोापनियताको शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसका सांसद आचार्यलाई आज बिहान मन्त्री पदमा नियुक्त गरेका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए ।

राष्ट्रपतिले प्रधानमन्त्री दाहालको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्री तोकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !