१९ बैशाख २०८१, बुधबार

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए सपथ


सुरेन्द्रराज पाण्डेले लिए सपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पाण्डेलाई आज पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट ३५ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता पाण्डे हिजो नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ ।

पाण्डे कांग्रेसका २७, माओवादी केन्द्रका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !